तनहुँमा प्रहरीले फेला पार्‍यो हराएका नगद, मोबाइल, झोला र महत्त्वपूर्ण कागजात, सम्बन्धितलाई हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रहरीले फेला पार्‍यो हराएका नगद, मोबाइल, झोला र महत्त्वपूर्ण कागजात, सम्बन्धितलाई हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८३, बिहीबार

    तनहुँ ३ मङ्सिर। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले विभिन्न समयमा हराएका नगद, मोबाइल, झोला तथा महत्त्वपूर्ण कागजात फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।गत कात्तिक ७ गते पोखराबाट दमौलीतर्फ आउने क्रममा व्यास नगरपालिका–५ का २२ वर्षीय रविन आलेको हराएको झोला फेला पारी उनलाई जिम्मा लगाइएको थियो।

    त्यस्तै, कात्तिक १२ गते व्यास नगरपालिका–३ स्थित क्षेत्रमा व्यास नगरपालिका–१ भादगाउँका ६८ वर्षीय रिकुराम रानाभाटको हराएको चार हजार रुपैयाँ नगद फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ।

    यसैगरी, कात्तिक २६ गते मानुङकोट जाने क्रममा व्यास नगरपालिका–५ कन्टारकी २४ वर्षीया विपिशा वि.क.को हराएको रेड्मी १२ मोडलको मोबाइल फोन फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको थियो।मंसिर ३ गते व्यास नगरपालिका–१ निवासी हिराबहादुर अधिकारीका हराएका महत्त्वपूर्ण कागजात फेला पारी उनलाई नै बुझाइएको प्रहरीले जनाएको छ।