कूल सङ्क्रमित १ सय ७३, निको हुने १ सय २९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कूल सङ्क्रमित १ सय ७३, निको हुने १ सय २९

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७७, शनिबार

    तनहुँ/तनहुँमा १ सय ७३ कोरोना सङ्क्रमित रहेकामा १ सय २९ जना निको भएर घर गएका छन् । जिल्लाका दश स्थानीय तहमा १७ महिला र १ सय ५६ पुरुष गरी १ सय ७३ जनामा कोरोना पुष्टि भएकामा १ सय २९ जना निको भएर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
    व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनमा उपचाररत ४०, दमौली अस्पतालमा उपचाररत १३, घरमै बसेका एक, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ५३, भीमाद नगरपालिकास्थित सिटिइभिटीमा उपचारत ४, बन्दीपुर अस्पतालमा उपचाररत १६ र आँबुखैरेनी गाउँपालिकाबाट २ जना उपचार पश्चात् घर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
    कार्यालयका अनुसार भानु नगरपालिकाका १०, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका १२, भीमाद नगरपालिकाका १२, म्याग्दे गाउँपालिकाका १२, घिरिङ गाउँपालिकाका २७, ऋषिङ गाउँपालिकाका ४५, देवघाट गाउँपालिकाका १, बन्दीपुर गाउँपालिकाका २३ र आँबुखैरेनी गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ ।