


तनहुँ २० असाेज । नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत तनहुँका उपसभापति देवकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । तनहुँ-१ बाट खुल्ला १० मा बिना प्यानल चुनाव लडेका श्रेष्ठले ३२४ मत प्राप्त गरेका थिए । केशव अधिकारीको समेत ३२४ मत आएपछि बराबरी भएर महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन ।
आज बिहान सार्वजनिक नामावलीमा अधिकारी महाधिवेशन प्रतिनिधि सूचीमा समेटिएपनि श्रेष्ठको भने नाम थिएन । तत्पश्चात् पार्टी श्रेष्ठलाई अन्याय भएको भन्दै केन्द्रीय नेतृत्वको आलोचना भएको थियो ।