व्यास नगरपालिकाले सामुदायिक विद्यालयका क्वारेन्टिन हटाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाले सामुदायिक विद्यालयका क्वारेन्टिन हटाउने

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    तनहुँ/व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिन हटाउने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि भारत लगायत बाहिरबाट आउनेलाई राख्नका लागि विद्यालयमा बनाइएको क्वारेन्टिन हटाउने निर्णय नगरपालिकाले गरेको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार सम्पन्न भएको कार्यपालिकाको बैठकले विद्यालयमा रहेका क्वारेन्टिनलाई वैकल्पिक व्यवस्था गरी साउन १५ गतेभित्र खाली गर्ने निर्णय गरेको छ ।

    नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई साउन १५ गतेदेखि आ–आफ्नो विद्यालयमा नियमित हाजिर भई विद्यालय सञ्चालनको तयारीमा लाग्न निर्देशन दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा पढाई गर्नका लागि आगामी बैठकले थप निर्णय गर्नेछ ।

    वडा सदस्यका परिवारलाई थप रु चार लाख
    बैठकले हृदयघातबाट निधन भएका व्यास नगरपालिका–१० का सदस्य स्व. हेमराज पोख्रेलको परिवारलाई भरणपोषणका लागि थप रु चार लाख दिने निर्णय गरेको छ । बैठक सञ्चालन भइरहेको बेला हृदयघातबाट निधन भएका पोख्रेलको परिवारको भरणपोषणको अन्यत्रबाट सम्बोधन हुने अवस्था नदेखिएकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअगाडी नगरपालिकाले काजकिरिया खर्च बापत पोख्रेल परिवारलाई रु एक लाख उपलब्ध गराएको थियो ।

    नगरपालिकाभित्र प्राकृतिक प्रकोपले पु¥याएको क्षतिबारे जानकारी लिई तत्काल खानेपानी, घर आवास, अत्यावश्यक यातायात मार्ग र सिंचाईको पुनस्र्थापनाको कार्यमा तत्काल सम्बोधन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।