नेपाली कांग्रेस तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, मतगणनाको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, मतगणनाको तयारी

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। क्षेत्र नम्बर १ र २ मा महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित पदका उम्मेदवारका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

    तनहुँ क्षेत्र नम्बर १ मा कुल १ हजार १३८ जना मतदाता रहेका थिए। जसमध्ये १ हजार ६६ मत खसेको छ। क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) तर्फ ५९९ र प्रदेशसभा (ख) तर्फ ४७७ मत खसेको छ ।

    यसैगरी, तनहुँ क्षेत्र नम्बर २ मा कुल १ हजार १४० जना मतदाता रहेका थिए। तीमध्ये १ हजार ९६ जनाले मतदान गरेका छन्। क्षेत्र नम्बर २ मा कुल मतदाताको करिब ९६ प्रतिशत मत खसेको छ।

    दुवै निर्वाचन क्षेत्रमा मतदानका लागि आएका क्षेत्रीय प्रतिनिधिहरूले आफूले रोजेका उम्मेदवारका पक्षमा मतदान गरेका छन्। मतदान सम्पन्न भएपछि उम्मेदवार तथा प्रतिनिधिहरूको ध्यान अब मतगणनातर्फ केन्द्रित भएको छ।

    मतदान सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन समितिले मतपेटिका सुरक्षित गर्ने तथा मतगणनाका लागि आवश्यक तयारी अघि बढाएको छ। मतगणना सुरु भएपछि विभिन्न पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूको मतपरिणाम क्रमशः सार्वजनिक गरिनेछ।

    तनहुँ कांग्रेसमा महाधिवेशन प्रतिनिधि तथा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको संख्या उल्लेख्य रहेकाले दुवै निर्वाचन क्षेत्रको परिणामलाई चासोका साथ हेरिएको छ। मतदानको अन्तिम परिणाम सार्वजनिक भएपछि तनहुँबाट १५औँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि तथा निर्वाचित पदाधिकारीको टुंगो लाग्नेछ।