राखेपमा कसले मार्ला बाजी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राखेपमा कसले मार्ला बाजी ?

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार
    काठमाडाै/राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस भएको छ । मन्त्रालयले बनाएको तीन सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट तीनजनाको नाम छनोट गरेको हो । समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम  सिफारिस गरेको हो । अब मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा एक जना छनोट गर्नेछ ।

    पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट हुन लागेको सदस्य सचिवका लागि खेलकुददेखि राजनीतिक क्षेत्रका व्यक्तिहरुले समेत आवदेन दिएका थिए । राखेपको सदस्य सचिव बन्नको लागि नयाँ ऐनमा पाँच योग्यता तोकिएको छ । जसमा ३० वर्ष पूरा भएको, नेपाली नागरिक भएको, स्नातक पास भएको, खेलकुद क्षेत्रमा पाँच वर्ष काम गरेको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । मन्त्रालयका सचिव रामप्रसाद थपलिया, रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले आवदेन दिएका २७ जनाबाट उनीहरुको नाम छनोट गरेको हो ।