


तनहुँ, २८ भदौ । राष्ट्रिय भलिबल खेलाडी तथा बन्दीपुर निवासी सुजन सुनार सम्मानित भएका छन्।
गोरखकाली युवा क्लब बन्दीपुर–४ को आयोजनामा सञ्चालित टोलस्तरीय भलिबल प्रतियोगिताका क्रममा सुनारलाई रु १० हजार नगदसहित सम्मान गरिएको हो।
प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित सामाजिक अभियन्ता तथा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सिद्धान्त गर्जा मगरले सुनारलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।
राष्ट्रियस्तरमा भलिबल खेलमार्फत बन्दीपुरको पहिचान बढाउन योगदान पुर्याएको भन्दै सुनारलाई सम्मान गरिएको आयोजकले जनाएको छ।