तनहुँका नदीमा आकस्मिक बहावको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नदीमा आकस्मिक बहावको सम्भावना

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    तनहुँ/जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वनुमान महाशाखाले तनहुँ भई बहने नदीमा आकस्मिक बहावको न्यून सम्भावना भएको जनाएको छ । बिहीबार बिहान बुलेटिन जारी गर्दै महाशाखाले तनहुँ भएर बहने नदीमा बिहीबार बिहान ७ बजेदेखि २४ घण्टासम्म आकस्मिक बहानको न्यून सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    महाशाखाले तनहुँ सँगै गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी लगायत जिल्ला आसपास भई बहने साना नदीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ ।