किन स्थगित भयो महासङ्घको निर्वाचन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    किन स्थगित भयो महासङ्घको निर्वाचन ?

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७७, शुक्रबार

    काठमाडौ/नेपाल उद्योग वाणिज्य महासंघको साधारणासभा तथा निर्वाचन स्थगित भएकाे छ।

    चैतमै हुनुपर्ने चुनाव तथा साधारणसभा कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित हुँदै आएको छ।

    पछिल्लो पटक साउन २६/२७ गते काठमाडौंमा हुने भनिएको चुनाव तथा साधारणसभा फेरि सार्ने निर्णय महासंघले गरेको हो।

    महासंघका अध्यक्ष भवानी राणाले सरकारले कोभिड १९ को जोखिमका कारण सभा, सम्मेलन गर्न अनुमति नदिएकाले महाधिवेशन स्थगित भएको जानकारी दिनुभयो ।

    ‘हाम्रो पदाधिकारी समितिको बैठकले सरकारले सभा, सम्मेलन गर्न खुला गरेको १५ दिनपछि मात्रै अधिवेशन गर्ने निर्णय गरेको छ’ उहॉले भन्नुभयो ।

    महासंघको पदाधिकारी ताथ पूर्व अध्यक्षहरु सम्मिलित बैठकले पूर्ण लकडाउन खुलेको १५ दिनपछि साधारणसाभा तोक्ने निर्णय गरेको छ।

    सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भएपनि लामो दुरीको यातायात तथा हवाइ यातायात भने भदौ १ सम्म बन्द गरेको छ। सभा सम्मेलन तथा सिनेमा हलमाथिको प्रतिवन्ध पनि कायमै छ।