पहिरोले घरबासमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पहिरोले घरबासमा क्षति

    विवि श्रेष्ठ

    ८ श्रावण २०७७, शुक्रबार

    तनहुँ/गत असार २९ गते परेको अविरल वर्षाको कारण तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटार सामुदायिक घरबास (होमस्टे) मा क्षति पुगेको छ । अत्याधिक वर्षाका कारण घरबासको घेराबार पूर्ण रुपमा भत्किएको र घरबास भवनमा समेत क्षति भएको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिनुभयो ।

    केशवटारलाई पर्यटनको माध्यमबाट चिनाउन र मौलिकताको प्रबद्र्धनका लागि घरबास सञ्चालन गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत रहेको घरबासमा पहिरोले क्षति पुगेपछि मर्मतका लागि करीब रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।

    गत आर्थिक वर्षमा प्रदेश सरकारको रु दश लाख सहयोगमा निर्माण गरिएको घरबासले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । घरबासको पुर्ननिर्माणका लागि वडाले समेत सक्दो सहयोग गर्ने श्रेष्ठले बताउनुभयो ।