१०४ जनाले गरे रक्तदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    १०४ जनाले गरे रक्तदान

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    तनहुँ/लायन्स क्लव अफ तनहुँ म्याग्देले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका छन् । केही समय अगाडी मात्रै स्थापना भएको क्लवले म्याग्दे गाउँपालिका–४ थर्पुमा आयोजना गरेको कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका हुन् ।

    क्लवका अध्यक्ष भीमलाल श्रेष्ठले स्थापनाको छोटो समयमै आयोजना गरिएको कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो । “एक पिन्ट रगतले तीन अमूल्य जीवन जोगाउन सकिने भएकाले रक्तदान जस्तो मानवीय कार्यको आयोजना गर्न पाउँदा क्लवलाई पनि गौरवान्वित महशुस भएको छ,” उहाँले भन्नुभयो ।

    पोखरा रक्तसञ्चार केन्द्रसँगको समन्वयमा गरिएको कार्यक्रमबाट सङ्कलित रक्त पोखरा रक्तसञ्चार केन्द्रमा पठाइएको क्लवका उपाध्यक्ष तृतीय उपाध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण जिल्लामा कम मात्रामा रक्तदान कार्यक्रम हुने गरेकाले क्लवले स्थापनाको छोटो समयमै आयोजना गरेको कार्यक्रममा उल्लेख्य सहभागिताले क्लवलाई उत्साह मिलेको बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले रक्तदान जस्तो मानवीय कार्यको उच्च प्रशंसा व्यक्त गर्नुभयो ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले क्लवको सामाजिक कार्यमा गाउँपालिकाको सदैव सहयोग रहने बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लवका डेपुटी चिफ एड्भाइजर माधव पन्त, ब्लडडोनेसन डिर्पामेन्ट चिफ बालकृष्ण शर्मा , सिनियर ए.ओ.जि. कृष्णप्रसाद पौडेल,क्लस्टर चिफ सुर्यनारायण बराल, अर्गनाइजर तथा डिष्ट्रिक एड्भाइजर सन्तोष घिमिरे, डिष्ट्रिक डिपार्टमेन्ट अफिसर श्रीभद्र खनाल, म्याग्दे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पदमराज वाग्ले,ब्लड बैँक कास्कीका अधिकृत अर्जुन ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।