साउन १५ गतेबाट विद्यालय खोल्ने एनप्याब्सन र प्याब्सनको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउन १५ गतेबाट विद्यालय खोल्ने एनप्याब्सन र प्याब्सनको निर्णय

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    तनहुँ/एनप्याब्सन र प्याब्सन तनहुँले साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । एनप्याब्सन र प्याब्सनका पदाधिकारीको शनिबार दमौलीमा सम्पन्न संयुक्त बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

    कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लागु गरिएको बन्दाबन्दीले चैतदेखि बन्द रहेका विद्यालय खोल्न स्थानीय तहले स्वीकृति दिएको थियो । एनप्याब्सन र प्याब्सनका पदाधिकारीको संयुक्त बैठकले सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने निर्णय गरेको एनप्याब्सनका जिल्ला अध्यक्ष रामकृष्ण विकले जानकारी दिनुभयाे । विद्यालय सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएको र शिक्षक कर्मचारीलाई समेत अप्ठ्यारो हुँदै आएको छ । बैठकले साउन १५ गतेबाट विद्यालय सञ्चालन गरेर भर्ना अभियान शुरु गर्ने निर्णय गरेको छ ।

    एनप्याब्सनका अध्यक्ष रामकृष्ण विकको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्याब्सनका गण्डकी प्रदेश अध्यक्ष डा. चन्द्रबहादुर थापा, जिल्ला अध्यक्ष गोपाल पराजुली, एनप्याब्सनका संस्थापक महासचिव अर्जुनबहादुर अधिकारी लगायतको उपस्थिति थियो । जिल्लाभर एनप्याब्सनमा ५८ र प्याब्सनमा ४५ विद्यालय आबद्ध छन् ।