तनहुँ/पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि बनाइएकाे डाइभर्सनमा स्थानीयवासीले विराेध जनाएका छन् । डाइभर्सनबाट सवारी चलाउँदा घरहरु जाेखिममा पर्ने भन्दै स्थानीयवासीले विराेध जनाएका हुन् ।
डाइभर्सन गरिएकाे ठाउँमा सडक हिलाम्य हुँदा सवारी नै फस्न थालेकाे थियाे । सडक विभागले लापरवाही गरेकाे भन्दै स्थानीयवासीले शनिबार राति उक्त बाटाेमा सवारी सञ्चालन गर्न दिएका छैनन् । स्थानीयवासीकाे विराेधपछि उक्त खण्डमा साना सवारी साधन पनि सञ्चालन हुन सकेकाे छैन । स्थानीयवासीले विराेध जनाइरहेपनि प्रहरी प्रशासनकाे यस ठाउँमा उपस्थिति नभएकाे एक यात्रुले बताउनुभयाे ।
डाइभर्सनकाे अवराेध खाेल्नका लागि स्थानीय प्रशासनकाे पहल नभएपनि मुल बाटाे राति नै सुचारु गराउने गरी काम भइरहेकाे बताइएकाे छ ।