तनहुँ/पहिराेमा पुरिएर घाइते भई पाेखरामा उपचाररत तनहुँकाे व्यास नगरपालिका-९ माझफाँटका केशरबहादुर थापालाई तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आर्थिक सहयाेग गर्नुभएकाे छ । गत असार २९ गते गएकाे पहिराेमा पुरिएर घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत थापालाई साेमबार अस्पतालमै पुगेर सांसद श्रेष्ठले रु २० हजार सहयाेग गर्नुभएकाे हाे ।
पहिराेमा पुरिएर थापाका श्रीमती, जेठाे छाेरा र बुहारीकाे मृत्यु भएकाे थियाे भने कान्छा छाेरा अझै बेपत्ता छन् । साे क्रममा सांसद श्रेष्ठले शाेककाे घडीलाई शक्तिमा बदल्न आग्रह गर्दै घाइतेकाे स्वास्थ्यलाभकाे कामना गर्नुभएकाे थियाे ।
यसैगरी साेही अस्पतालमा मुटु सम्बन्धी समस्याकाे कारण गम्भीर बिरामी भई उपचाररत डिल्लीराज थापालाई पनि सांसद श्रेष्ठले रु ३० हजार सहयाेग गर्नुभएकाे थियाे ।