घरबाहिर निस्कदै हुनुहुन्छ ? अनिवार्य मास्क लगाउनुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरबाहिर निस्कदै हुनुहुन्छ ? अनिवार्य मास्क लगाउनुस्

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    तनहुँ/काम विशेषले घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउन जिल्ला प्रशासन कार्यालय तनहुँले सर्वसाधारणलाई आग्रह गरेको छ । बिना काम घरबाट ननिस्कने तथा निस्कनै परेमा मास्क, पञ्जा, स्यानीटाइजर प्रयोग गर्न प्रशासनले अनुरोध गरेको हो ।

    कोभिड-१९ रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा नेपाल सरकारबाट सङ्क्रामक रोग ऐन २०२० बमोजिम जारी आदेश पालना नगर्ने प्रवृति देखिएकाले अनिवार्य रुपमा उक्त नियम पालना गराउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    प्रशासनले अनावश्यक भीडभाडमा नजान, कम्तिमा २ मिटरको सामाजिक/भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । प्रशासनको अनुरोध अटेरी गरेको पाइए कानून बमोजिम कारवाही हुने जनाइएको  छ ।