ट्रष्टद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रष्टद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयाेग

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    तनहुँ/तनहुँकाे व्यास नगरपालिका-१ भादगाउँस्थित गाेर्खा वेलफेयर ट्रष्टले व्यास नगरपालिकाकालाई विभिन्न स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । काेभिड-१९ काे सङ्क्रमण न्यूनीकरणका लागि ट्रष्टले नगरपालिकालाई साेमबार पिपिई, फेस शिल्ड, एन९५ मास्क, सर्जिकल मास्क लगायतका सामग्री सहयाेग गरेकाे हाे ।

    ट्रष्टका असिस्टेन्ट वेलफेयर अफिसर प्रविन थापाले उक्त सामग्री नगरप्रमुख बैकुण्ठ न्याैपानेलाई हस्तान्तरण गर्नुभएकाे छ । साे अवसरमा नगरप्रमुख न्याैपानेले काेभिड-१९ न्यूनीकरण गर्ने नगरपालिकाकाे अभियानमा सहयाेग गरेकाे ट्रष्टप्रति आभार व्यक्त गर्नुभयाे ।

    ट्रष्टले २५ थान पिपिई, २५ थान फेस शिल्ड, ७५ थान एन९५ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क, ५० थान ह्यान्ड वासिङ लिक्विड, एक हजार ५ सय जाेर पञ्जा, ५ सय एमलका ९० बाेतल स्यानीटाइजर, ४० बुट गमबुट, ४ प्याकेट स्यानीटरी प्याड लगायतका सामग्री उपलब्ध गराएकाे नगरपालिकाले जनाएकाे छ ।