राखेपमा सिलवाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राखेपमा सिलवाल

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    काठमाडाै/राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त हुनुभएकाे छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सिलवाललाई नियुक्त गरेको हो । उहाँको कार्यकाल चार वर्षको हुनेछ ।

    सिलवाल राखेप सदस्य सचिवबाट ३ साताअघिमात्रै पदमुक्त हुनुभएकाे थियाे । नयाँ ऐन अनुसार खुला प्रतिस्पर्धात्मक आह्वान गरी सरकारले राखेप सदस्य सचिव नियुक्त गरेको हो । प्रतिस्पर्धामा सिलवालसहित २७ जनाले आवेदन दिएका थिए । राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । यसअघि नेपाल भलिबल सङ्घको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त हुनुभएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट हुनुभएकाे छ ।

    नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त हुनुभएकाे छ । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । पाँच वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम मन्त्री विश्वकर्मालाई सिफारिस गरेको थियाे । यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा शिव काेइराला नियुक्त हुनुभएकाे छ ।