करेन्ट लागेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    करेन्ट लागेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    तनहुँ/तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर साेमबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कंडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कंडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टका लागि दमौली अस्पतालमा राखिएको छ ।