ज्यान मार्ने उद्योगका फरार व्यक्ति पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्यान मार्ने उद्योगका फरार व्यक्ति पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    तनहुँ/ ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१२ घर भई हाल वडा नं ५ बेलचौतारा बस्ने २६ वर्षीय गणेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    पक्राउ परेका गुरुङलाई जिल्ला अदालत तनहुँ समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक सविता केसीले जानकारी दिनुभयो । विसं २०७४ जेठ २४ गते म्याग्दे गाउँपालिका–४ मनहरिमा व्यास नगरपालिका–१ का ३३ वर्षीय विमल दरै र व्यास नगरपालिका–२ बस्ने २४ वर्षीय सुरज कायस्थलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही गुरुङ फरार रहेका थिए ।

    ज्यान मार्ने उद्योग अन्तर्गत घटनामा संलग्न रही गुरुङ फरार रहेको र कानुनको म्याद समेत गुजारी लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई तीव्र पारेको छ ।