भदौ १ गते पहिला भर्ना अभियान गरे कारवाही !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भदौ १ गते पहिला भर्ना अभियान गरे कारवाही !

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १ गते भन्दा पहिला भर्ना अभियान सञ्चालन गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साउन ५ गते बसेको बैठकले भदौ १ गतेदेखि मात्रै विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा सञ्चालन गर्न अनुमति दिएपनि केही शिक्षण संस्थाले पठनपाठन शुरु गर्ने तयारी गरेकाले प्रशासनले त्यस्तो चेतावनी दिएको हो ।

    कुनै पनि शिक्षण संस्थाले सरकारको निर्णय विपरितका कार्य गरे गराएमा सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । प्रशासनले यो सूचना शिक्षा विकास तथा समन्वय इकाई मार्फत् सम्बन्धित सबैलाई जानकारी गराउन निर्देशन दिएको छ ।