युवाले थाले जनै बनाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवाले थाले जनै बनाउन

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    तनहुँ । तागाधारीहरुको विशेष पर्व जनैपूर्णिमालाई लक्षित गरेर तनहुँको व्यास नगरपालिका-१३ गुँदीफच्याङका युवाले जनै बनाउने तालीम शुरु गरेका छन् । बजारमा पाइने जनैको प्रयोग न्युनीकरण गर्न र संस्कृति बचाउनका लागि यहॉका युवाले जनै बनाउन शुरु गरेका हुन् ।

    विधिपूर्वक जनै बनाउने तालीममा १० जना सहजकर्ता र २० जना प्रशिक्षार्थी रहेका संस्कृति बचाउ अभियानका अगुवा युवा इश्वरराज पन्थले जानकारी दिनुभयो । तालीममा आवश्यक पर्ने कॉचो धागोको व्यवस्था पन्थले गर्नुभएको छ ।

    संस्कार र संस्कृति बचाउनका लागि युवाहरुले शुरु गरेको अभियान प्रशंसनीय रहेको ब्राम्हण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    हिन्दुहरुले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतबन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।