म्याग्देको प्रकोप कोषमा सम्पर्क समाजको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको प्रकोप कोषमा सम्पर्क समाजको सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा म्याग्दे काठमाडौँ सम्पर्क समाजले रु ४५ हजार सहयोग गरेको छ ।

    मङ्गलबार समाजका अध्यक्ष माधव घिमिरेले गाउँपालिका अध्यक्ष मायादेवी राना आलेलाई सो रकम हस्तान्तरण गर्नुभयो । असार २८ र २९ गतेको अविरल वर्षा तथा त्यसपछि विभिन्न मितिमा आएको बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई सहयोग गर्नका लागि समाजले रकम उपलब्ध गराउनु सकारात्मक रहेको गाउँपालिका अध्यक्ष रानाले बताउनुभयो ।

    पालिकाले विभिन्न सङ्घसंस्थाले गर्ने सहयोगका कार्यक्रमलाई एकद्वार प्रणाली मार्फत अगाडि बढाएको रानाले जानकारी दिनुभयो ।

    म्याग्दे काठमाडौँ सम्पर्क समाजका अध्यक्ष माधव घिमिरेले म्याग्देबाट काठमाडौँ तथा अन्य स्थानमा बसेका व्यक्तिहरुबाट सङ्कलित रकम प्रकोप व्यवस्थापन कोष खातामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले विस्थापित ७१ परिवारलाई राहत स्वरुप नगद रु ५ हजार र बन्दोबस्ती लगायत दैनिक उपभोग्य सामग्री वितरण भइसकेको जानकारी दिनुभयो । नागिलाका अनुसार पालिकाले सात वटै वडा कार्यालय मार्फत क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।