च्यवन गुम्बामा तीन मुर्तीको रम्जे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    च्यवन गुम्बामा तीन मुर्तीको रम्जे

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    तनहुँ/ शुक्लागण्डकी नगरपालिका –२ गाछेपानीस्थित च्यवन गुम्बामा बुद्धका ती वटा मुर्ति स्थापना गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा निर्माण गरिएको च्यवन गुम्बामा शाक्यमुनि, पद्मासम्बा, अबलोग्यको नयाँ मुर्तिको रम्जे अर्थात प्राण प्रप्तिष्ठा गरिएको हो ।

    शुक्लागण्डकी–८ तिब्बतियन क्याम्पबाट ४ जना लामा गुरु ल्याएर रम्जे गरिएको अध्यक्ष प्रसाद पुनले जानकारी दिनुभयो । करिब एक दशकदेखि धार्मिक पर्यटन क्षेत्रका रूपमा ख्याती बटुलिरहेको च्यवनधाममा मन्दिर र गुम्बा दुवै निर्माण भएपछि हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीहरूको आकर्षण बढेको छ ।