तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ धैरेनी गाउँ निवासी २९ वर्षीया दमन्ती राना मगर दुई सातादेखि सम्पर्कविहिन हुनुभएको छ । अति अशक्त शारीरिक अपाङ्गता राना मगर साउन २ गते दिउँसो १ः३० बजदेखि घरबाट सम्पर्कविहिन हुनुभएको हो ।
परिवारका सदस्यहरुले गाउँघरमा र आफन्तसँग सोधपुछ गर्दा पनि उहाँको अवस्था पत्ता लाग्न सकेको छैन । परिवारले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासको माग गर्दै निवेदन दिएको युवतीका भाउजु सुनिता राना मगरले जानकारी दिनुभयो ।
युवतीका परिवारले उनको खोजीमा सहयोग पु¥याउन अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासको लागि स्रोत केन्द्र (रिसेड) मा पनि निवेदन दिएका छन् । रिसेडका अध्यक्ष पदमबहादुर परियारले अति अशक्त अपाङ्गता भएको युवतीको जिउधन जोखिममा भएका कारण नेपालको संविधान प्रदत्त बाँच्न पाउने अधिकार संरक्षण गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयमा अनुरोध गरिएको जानकारी दिनुभयो ।