म्याग्दे गाउँपालिकाद्वारा जनैपूर्णिमामा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाद्वारा जनैपूर्णिमामा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जनपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले साउन १९ गते सोमबार जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

    सार्वजनिक बिदाको दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । स्थानीय सरकारले पर्व तथा महत्वपूर्ण दिनहरुमा सार्वजनिक बिदा दिने निर्णय गर्न सक्छन् । सोही निर्णयको कार्यान्वयन गर्दै गाउँपालिकाले गत फागुन १५ गते मगर दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको थियो ।

    जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । व्यास नगरपालिकाले व्यास जयन्ती, शहीद दिवस, भानु नगरपालिकाले भानु जयन्ती, शुक्लागण्डकी नगरपालिकाले एकादशी पर्वमा सार्वजनिक बिदा दिएका थिए ।