मास्क नलगाउने एक सय कारवाहीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मास्क नलगाउने एक सय कारवाहीमा

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्ने एक सय जना शनिबार कारवाहीमा परेका छन् । कोरोना भाइरसको जोखिम कायम रहेका बेला मास्क प्रयोग नगरी हिँडडुल तथा सवारी चलाउने एक सय जनालाई जनही रु एक सयका दरले कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेकाे प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीमा परेकाहरुलाई कोरोना भाइरसको बारेमा पूर्ण रुपमा जानकारी समेत गराइएको छ ।