तनहुँमा दुई कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुई कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । तनहुँमा आइतबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार म्याग्दे र ऑबुखैरेनी गाउँपालिकामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

    कोरोना पुष्टि हुने ऑबुखैरेनी गाउँपालिकाका कर्मचारी हुन् भने म्याग्दे गाउँपालिकाका होम क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । म्याग्दे गाउँपालिका-५ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

    आइतबार तनहुँ सहित स्याङ्जाका ८, लमजुङका ३, बागलुङका १ र कास्कीका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५०५ पुगेको छ | यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको छ ।