तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले पाँच दिनकाे अवधिमा मास्क प्रयाेग नगरी हिँडडुल गर्ने ३ सय ५६ जनालाई कारवाही गरेकाे छ । काेराेना भाइरसकाे जाेखिम कायम रहेकाले मास्क प्रयाेग गर्न आग्रह गरेपनि अटेरी गर्नेलाई प्रहरीले कारवाही गरेकाे हाे ।
आइतबार मास्क प्रयाेग नगरी हिँडडुल गरेका २६ जनालाई कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे । उनीहरुलाइृ जनही रु एक सयका दरले जरीवाना गरिएकाे छ ।
बुधबार एक सय, बिहीबार ७२, शुक्रबार ५८ र शनिबार एक सय जनालाई कारवाही गरिएकाे थियाे । “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो,” तिमिल्सिनाले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौ ।” उहाँका अनुसार कारवाहीमा परेकाहरुलाई कोरोना भाइरसको बारेमा पूर्ण रुपमा जानकारी समेत गराइएको छ ।