सुनको भाउ १ लाख कट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको भाउ १ लाख कट्यो

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    काठमाडाै । नेपालमा पहिलोपटक सुनको भाउ प्रति तोला एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एकै दिन छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।