करेन्ट लागेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    करेन्ट लागेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरमा बुधबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ बस्ने ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    वल्र्डलिङ्कको इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।