मिर्गौला पीडित श्रेष्ठलाई अष्ट्रेलियाबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडित श्रेष्ठलाई अष्ट्रेलियाबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, बिहीबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका-४ घर भई चितवन बस्ने मिर्गौला पीडित राजु श्रेष्ठलाई अष्ट्रेलियाबाट सहयोग जुटेको छ । तनहुँ समाज अष्ट्रेलियाकाे पहलमा श्रेष्ठको उपचारका लागि रु १ लाख ८१ हजार ४ सय ५ सहयोग जुटेकाे हाे ।

    उक्त रकम युवा अभियान्ता लक्ष्मीभक्त खनाल र सराेज भण्डारीले बिहीबार श्रेष्ठको निवासमा पुगेर हस्तान्तरण गर्नुभयो । हाल अस्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा समाजले उक्त सहयाेग रकम सङ्कलन गरेको समितिको अध्यक्ष दिनेश खनालले बताउनुभयो । श्रेष्ठकाे उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

    उक्त रकम अष्ट्रेलियामा रहनुभएका सन्देश राजभण्डारी, दिनेश खनाल, सूर्य खनाल, सिर्जना अधिकारी वाग्ले, दिनेश जाेशी, सुरेन्द्र ज्वारचन, संज्ञा सुब्बा, हीरामान श्रेष्ठ, दामाेदर अधिकारी, कमल ढकाल, ध्रुव गिरी, दिपेन्द्र उप्रेती, सुधन श्रेष्ठ, कमल श्रेष्ठ, सराेज भट्टराई, विष्णु सापकाेटा, पिआर अधिकारी, रमेश बतास, अनिल पाेख्रेल, बद्री खनाल, दामाेदर श्रेष्ठ, सागर लाेहनी, भवानी पाैडेल, सन्ताेष थापा, चित्र थापा, भीमसेन श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव गैह्रे, सुदीप हड्खले, मेघराज पाैडेल लगायतले सहयाेग गर्नुभएकाे हाे ।