व्यास-४ की काेराेना सङ्क्रमित भारतबाट आएकी थिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास-४ की काेराेना सङ्क्रमित भारतबाट आएकी थिइन्

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    तनहुँ । तनहुँकाे व्यास नगरपालिका-४ की एक महिलालाई बिहीबार काेराेना पुष्टि भएकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षण अनुसार २७ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे हाे ।

    भारतबाट आएर क्वारेन्टिनमा बसेकी उनकाे स्वाब परीक्षणका लागि पठाइएकामा रिपाेर्ट पाेजिटिभ आएकाे व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिनुभयाे । उनलाई आइसाेलेशन कक्षमा लैजाने तयारी भएकाे छ ।

    थप ९ जनामा काेराेना

    गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ९ जनालाई काेराेना पुष्टि भएकाे छ । कास्कीमा चार, पर्वत र गाेरखामा एक/एक र स्याङ्जामा दुई जनालाई काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्कक्रमितकाे सङ्ख्या १५७५ पुगेकाे छ ।