श्रेष्ठ परिवारमाथि पीडा : बुबा मिर्गौला पीडित, छोराको करेन्ट लागेर ज्यान गयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    श्रेष्ठ परिवारमाथि पीडा : बुबा मिर्गौला पीडित, छोराको करेन्ट लागेर ज्यान गयो

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शुक्रबार

    तनहुँ । साविक जामुने गाविसको गुणादी दभुङ्ग घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आउनुभएको छ । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ ।

    घरको मुल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो । तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ ।

    रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाउनुप¥यो ।

    मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आउनुभएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताउनुभयो ।
    “श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौ,” उहाँले भन्नुभयो, “तर एक्कासी एकदमै दुःखद घटना घट्यो ।”

    रामलालका श्रीमती यशाेदालाई एकातर्फ श्रीमानकाे मिर्गाैला फेल हुँदा पीडा त थियाे नै अर्काेतर्फ छाेराकाे निधनले दाेहाेराे पीडा थपिदिएकाे छ ।