विकास समस्या समाधान समितिमा तनहुँबाट राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    विकास समस्या समाधान समितिमा तनहुँबाट राना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । गण्डकी प्रदेश सरकारले विकास समस्या समाधान समितिमा ९ जना जनप्रतिनिधिलाई मनाेनित गरेकाे छ । उक्त समितिमा तनहुँबाट म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना मनाेनित हुनुभएकाे छ ।

    त्यस्तै पाेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, स्याङ्जाकाे वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँड, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पाैडेल, नवलपुरकाे देवचुली नगरपालिकाका उप्रमुख पार्वता तिवारी, पर्वतकाे बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषाल, मुस्ताङकाे लाेमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट, लमजुङकाे क्हाेलासाेथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले, म्याग्दीकाे मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी उक्त समितिकाे सदस्यमा मनाेनित हुनुभएकाे छ ।