सहकारी बैङ्कको पोखरा शाखा उपत्यका बाहिरको सर्वोत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सहकारी बैङ्कको पोखरा शाखा उपत्यका बाहिरको सर्वोत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    पाेखरा । राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको पोखरा शाखाले उपत्यका बाहिरका शाखाहरु मध्ये सबै भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/०७७ को कारोबार अन्तर्गत पोखरा शाखाले उपत्यका बाहिरका शाखाहरु मध्ये सबै भन्दा धेरै मुनाफा आर्जन गरेको हो ।
    शाखाले आर्थिक वर्ष २०७६/०७७ मा ४ करोड ३५ लाख ३ हजार ७ सय ११ रुपैया मुनाफा आर्जन गरेको छ ।

    राष्ट्रिय सहकारी बैङ्क पोखरा शाखाले आयोजना गरेको वार्षिक समिक्षा बठकमा शाखा प्रमुख सन्तोष घिमिरेले आउट अफ भ्यालीका शाखा मध्ये पोखरा शाखाले सबै भन्दा बढी मुनाफा आर्जन गरेको जानकारी गराउनु भएको हो ।

    पोखरा शाखामा गत आर्थिक वर्षको अन्त्यसम्म ३ सय २५ वटा संस्था शेयर सदस्य रहेका छन् । सदस्य संस्थाहरुको १३ करोड ८९ लाख ६ हजार शेयर रकम, २ अर्ब ३१ करोड ९१ लाख ३ हजार ४ सय ५१ निक्षेप र ९५ करोड ७८ लाख ९९ हजार ३ सय २२ रुपैया कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

    देशभरका शाखा मध्ये पोखरा शाखा छैठौ स्थानमा रहेको छ । बैंकको ललितपुरस्थित लगनखेल शाखाले सबै भन्दा बढी १४ करोड ९५ लाख ५१ हजार मुनाफा कमाएको छ । काठमाडौंको न्यूरोड शाखाले ९ करोड ६७ लाख ६९ हजार, नयाँ बानेश्वर शाखाले ७ करोड ४० लाख ८ हजार, गोगंवु शाखाले ६ करोड ३६ लाख ५ हजार र ललितपुरको कुपण्डोलस्थित मुख्य शाखा कार्यालयले ५ करोड ३७ लाख ५८ हजार मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

    पोखरा शाखाले आयोजना गरेको समिक्षा वैठकका सहभागीहरुले सहकारी बैंकले दिन प्रतिदिन सदस्यहरुको मन जित्ने काम गरेको बताएका थिए । वित्तीय सूचकांक मात्रै नभएर कोरोना संक्रमण पछि बैंकले आफ्ना सदस्यहरुको समस्याको पहिचान र सदस्यहरुको आवश्यकताका आधारमा सेवा प्रवाहलाई ध्यान दिएको सहभागीहरुले बताएका थिए ।

    बैंकले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने वित्तीय तथा गैर वित्ती सेवाहरुलाई थप प्रभावकारी बनाउनका लागि सदस्यहरुको भावना, आवश्यकता र मुलुकको अवस्थालाई मध्यनजर गरेर अगाडि बढ्नु पर्नेमा सहभागीहरुको जोड थियो ।

    समिक्षा वैठकमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सदस्य सहकारी संस्थाहरुको सल्लाह, सुझाव र सहकार्यका आधारमा सहकारी बैंक अगाडि बढेको बताउनुभयो । सहकारीमार्फत देशको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी बैंकले आफ्नो सेवालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउदै लगेको जिसीको भनाइ थियो ।

    कार्यक्रममा नेफ्स्कुनका निवतर्मान सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष सुदिप ढकाल, बैकको व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिका सदस्य सुरेन्द्रमणी पौडेल, बैंक समन्वय उपसमिति पोखराका सदस्यहरु केदार न्यौपाने, चित्रराज बराल, सुशिल केसी, हरिभक्त पौडेल, पवित्रा केसी लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

    सो अवसरमा बैंकमा १ करोड भन्दा बढी शेयर खरिद गर्ने पोखरा शाखा अन्तर्गतका सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुलाई बैकका सञ्चालक रामबहादुर जिसी र पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले सम्मान गर्नु भएको थियो ।

    पोखरा शाखा अन्तर्गतका सदस्य संस्थाहरु प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले रु ३ करोड तथा जयलक्ष्मी कृषि सहकारी संस्था., जयगणेश वचत तथा ऋण सहकारी संस्था र पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले रु १ करोड भन्दा बढी शेयर खरिद गरी बैंकको वित्तीय कारोबारमा सहयोग पु¥याएको शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।