तनहुँ । समुदायस्तरमा कोरोना सङ्क्रणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसीआर परीक्षण गरिएको छ । बढी मानिसहरुको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कशप, बैङ्क तथा वित्तीय संस्था, कपाल काट्ने नाई लगायतको पिसीआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्ट अनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । “समुदाय स्तरमा कोरोनाको सङ्क्रमण के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरेर परीक्षण गरेका थियौ,” अधिकारीले भन्नुभयो, “सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”