गाेठमा बाँधेकाे गाेरु काटेर खाएपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाेठमा बाँधेकाे गाेरु काटेर खाएपछि…

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, सोमबार

    तनहुँ । गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।

    विसं २०७६ चैत ३० गते कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाल तनहुँको म्याग्दे गाउँपालिका–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    पक्राउ परेका सहित ६ जनाले गोरु चोरी गरेर मासु बाढीचुँडी खाएको पत्ता लागेको र निजहरुलाई खोजतलास पछि शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालत तनहुँबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

    “गोठमा बाँधिराखेको गोरुको दाम्लो फुकाई चोरी गरी करीब आधा घण्टा पैदलदूरी एकान्तमा लगी काटेर मासु बाँडेर खाएको अनुसन्धानबाट खुलेको छ,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “गोरुको बाँकी अङ्ग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउन खोजिएको थियो ।”