तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयाेग नगरी हिँडडुल गर्नेलाई कारवाहीसँगै मास्क वितरण गरेकाे छ । काेभिड-१९ काे जाेखिम कायमै रहेका बेला मास्क प्रयाेग गर्न पटक-पटक आग्रह गरेपनि अटेरी गर्नेहरुलाई कारवाही गरेर मास्क वितरण गरिएकाे हाे ।
मास्क नलगाई हिँडडुल गर्ने ९५ जनालाई आइतबार कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे । “मास्क नलगाई हिँड्नेहरुलाई रु एक सयका दरले कारवाही गरी मास्क दिएर काेराेना भाइरसकाे स्वास्थ्य सुरक्षाकाे मापदण्डकाे बारेमा जानकारी गराएका छाै,” उहाँले भन्नुभयाे ।