तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँमा सोमबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा एक/एक कोरोना सङ्क्रमित थपिएका हुन् ।

    भानु नगरपालिकाका–१ का ३४ र बन्दीपुर गाउँपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत २४ घण्टामा तनहुँ जिल्लाबाट पठाइएका ५९ स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    सोमबार दुई जना थपिएसँगै तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ८६ पुगेको छ भने निको हुने सङ्ख्या १ सय ७६ रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।