तनहुँ । कोभिड–१९ को जोखिम कायमै रहेको बेला मास्क प्रयोग नगर्नेलाई कारवाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा मङ्गलबार गरिएको अनुगमनका क्रममा मास्क प्रयोग नगरी हिँडडुल गर्ने १५ जनालाई कारवाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार दमौली बजार, छाब्दीमार्ग, कलेस्ती बजार, शिशाघाट लगायतका ठाउँमा अनुगमन गरिएको थियो ।