हस्पिटलमा मृत्यु भएकी तनहुँकी युवतीको कोरोना नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हस्पिटलमा मृत्यु भएकी तनहुँकी युवतीको कोरोना नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ । पोखराको ग्यालेक्सी हस्पिटलमा मंगलबार मृत्यु भएकी तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया युवतीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । श्वासप्रश्वासमा समस्या आएपछि तनहुँबाट पोखरा पुगेकी ती युवतीको हस्पिटल भर्ना भएको आधा घण्टामै मृत्यु भएको थियो ।

    उनको मृत्युपछि स्वाब सङ्कलन गरी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाएको छ । मृतक युवतीको शव हस्पिटलमै छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले ती युवतीको कोरोना परीक्षण गरिएको थियो ।

    ती युवती साउन २० गते बन्दीपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मङ्गलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा परीक्षणका लागि पुगेकी थिइन् ।

    मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर उनलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गर्नुभएको थियो ।