तनहुँ । तनहुँमा दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकामा एक/एक कोरोना सङ्क्रमित थपिएका हुन् ।
शुक्लागण्डकी नगरपालिका-४ का २९ वर्षीय र व्यास नगरपालिका-३ का ३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।