सस्तोडिल डटकम र भारतीय फेसन ब्रान्ड मिन्त्रबिच ब्यापार साझेदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सस्तोडिल डटकम र भारतीय फेसन ब्रान्ड मिन्त्रबिच ब्यापार साझेदारी

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, शुक्रबार

    काठमाडौं : नेपालको इ–कमर्स कम्पनी सस्तोडिल र भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रबीच रणनैतिक साझेदारी भएको छ । सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्रि वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीईओ अमन थापाले बताउनुभयाे ।

    थापाका अनुसार पहिलो चरणमा अगस्टको मध्यम देखि मिन्त्र फेसन ब्राण्डको सामानहरु सार्वजनिकिरण गर्ने जनाएको छ । अब मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा दिइने भएकाले नेपाली उपभोक्ताहरूलाई सजिलो हुनेछ । मिन्त्र फेसन ब्राण्डका उत्पादनहरू सस्तोडिलमा सजिलैसँग उपलब्ध हुनेछ ।

    त्यसैगरी सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिनेछ । मिन्त्र फेसन ब्रान्डका प्रमुख मनोहर कामथले भन्नुभयाे, ‘हामी सस्तोडेलसँग साझेदारी गर्न पाउँदा खुसी छौं, सस्तोडिल नेपालको एक अग्रणी ई–कमर्स प्लेटफर्म हो ।’ ‘यस क्षेत्रमा फेसन प्राथमिकता र बढ्दो अनलाइन शपिंङको समानताले अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्छ,’ कामथले भन्नुभयाे, ‘हामी विश्वस्त छौं, सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा प्रस्तावहरू चाँडै नै नेपालका जनतामा लोकप्रिय हुनेछन् जसले यस क्षेत्रको विकास र विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ ।’

    सस्तोडिलले समय अनुसारको नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ जुन नेपालका फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दछ । यस उत्सवको मौसममा मिन्त्रसँग मन उड़ाउने मौसमी प्रस्तावहरूको लागि उनीहरूको योजनाहरूलाई पनि ल्याइने बताउनुभयाे । सस्तोडिल एक ठुलो सेयर साझेदार डोल्मा इम्प्याक्ट कोषका संस्थापक सीइओ टिम गोचरका भन्नुहुन्छ, ‘सस्तोडिलको स्थापित नेपाली बजारमा मिन्त्रको प्रवेश नेपाली उपभोक्ताहरूलाई अझ परिस्कृत र उपयोगी सपिङ माध्यम बनाउन सफल हुनेछ।’

    सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालान तथा सह संस्थापक टेल वेंचर पार्टनर्स प्राइभेट लिमिटेड विश्वस्त हुनुहुन्छ कि यो साझेदारी इकमर्स उद्योगको लागि मात्र नभई समग्र इकोसिस्टमको लागि पनि परिवर्तनकर्ता हुनेछ । सस्तो डिलको सबैभन्दा धेरै शेयर भएको कम्पनि डोल्मा इम्पयाक्ट फण्डका सँस्थापक कार्यकारी सिइओ, टिम गोसरले भन्नुभयाे, “नेपालमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरुमा बढ्दै गएको डिजिटल प्लेटफर्मको मागको एउटा प्रमाण हो । यसले सस्तो डिलको नेपाली बजारमा रहेको सफल छविको पनि पुष्टि गरेको छ ।” सस्तो डिलका अध्यक्ष प्रतिक जलनले यस सहकार्यले इ–कमर्सको क्षेत्रमा एक गेम चेन्जरको रुपमा का मगर्ने विश्वास व्यक्त गर्नुभयाे । यति मात्र नभएर यस सहकार्यले ई–कमर्सको सम्पुर्ण इको सिस्टमको लागि गेम चेन्जरको रुपमा स्थापित हुने जलनले बताउनुभयाे ।