तनहुँमा दुई कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा दुई कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँका दुई स्थानीय तहमा दुई कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका र ऑबुखैरेनी गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

    भीमाद नगरपालिका-३ का ४८ र ऑबुखैरेनी गाउँपालिका-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विेनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै कास्कीमा तीन, बागलुङमा एक, स्याङ्जामा दुई र नवलपुरमा तीन कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ५५ पुगेको छ ।