तनहुँकी महिलाकाे मृत्यु भएका अस्पतालका बिरामी र नर्सलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँकी महिलाकाे मृत्यु भएका अस्पतालका बिरामी र नर्सलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, आईतवार

    पाेखरा : पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयाे ।

    तनहुँकी महिलाको मृत्यु  भएपछि आईसीयूमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिनुभयाे । ‘तनहुँकी मृतक महिलाभन्दा पनि पहिले नै उहाँ अस्पताल आउनुभएको हो । उहाँ पोखराका अन्य अस्पतालसमेत पुगेर हाम्रोमा आएको खुलेको छ,’ डा. खड्काले भन्नुभयाे, ‘आईसीयुमा उपचारत महिलालाई पोखरा विज्ञान प्रतिष्ठानमा लैजाने विषयमा कुरा हुँदै छ, नर्सको (आइसोलेसन) व्यवस्था हामीले नै गर्छौं ।’

    संक्रमित महिलालाई निमोनियाको समस्या देखिएको र स्वास्थ्यमा सुधार भइरहेको डा. खड्काले बताउनुभयाे ।