म्याग्देमा १ सय ५२ जनाको स्वाब सङ्कलन हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा १ सय ५२ जनाको स्वाब सङ्कलन हुँदै

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले १ सय ५२ जनाको स्वाब सङ्कलन गर्ने भएको छ । समुदायस्तरमा कोरोनाको जोखिम रहेकाले गाउँपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वाब सङ्कलन गर्न लागेको हो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेका अनुसार स्वाब सङ्कलनका लागि १ सय ५२ जनाको नाम छनौट भएको र अहिले स्वाब सङ्कलनको काम भइरहेको छ । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रतिनिधि, नागरिक समाज, राजनीतिकर्मी, व्यवसायी, सहकारीका कर्मचारी लगायतकाको स्वाब सङ्कलन भइरहेको छ ।