बैंकका सुरक्षाकर्मीको ‘क्लोज कन्ट्रयाक्ट’मा थिए संक्रमित पोखराका पत्रकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बैंकका सुरक्षाकर्मीको ‘क्लोज कन्ट्रयाक्ट’मा थिए संक्रमित पोखराका पत्रकार

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    पोखरा : साताअघि पोखरा २७ को १ बैंकमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना पुष्टि भयो । उक्त बैंक भवनमै १ एफएम सञ्चालनमा छ । 

    सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि एमएममा कार्यरत पत्रकार कन्ट्रयाक्ट ट्रेसिङमा परे । उनको स्वाब शनिबार पोखरा २७ को वडा कार्यालयमा संकलन भएको थियो । 

    मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे पहिलाे अपडेटमा पोखराका ३ वडाका ४ जना संक्रमण पुष्टि भएको जनाएको छ । तिमध्ये स्थानीय पत्रिकामा समेत कार्यरत ३४ वर्षीय पत्रकारमा संक्रमण भेटिएको हो । 

    उनको घर वडा २८ मा भएपनि एफएममै आवासीय रुपमा काम गर्दै आइरहेका थिए । 

    बैंकका सुरक्षाकर्मीसँग साँझबिहान भेट भइरहने भएकाले उनीबाटै संक्रमण भएको हुनसक्ने अनुमान छ । 

    संक्रमण पुष्टि भएपछि उनलाई वडाध्यक्ष र स्वास्थ्य महाशाखाबाट सोमबार बिहान जानकारी गराएका थिए । अहिले उनी कार्यरत एफएमै छन् । आइसोलेसनमा जाने तयारी भइरहेको छ । 

    वडा २७ को कार्यालयको राजश्व शाखामा कार्यरत १ महिलामा संक्रमण देखिएपछि तालचोक क्षेत्रमा परीक्षण बढाइएको थियो । 

    तालचोकस्थित बैंक वित्तीय संस्थाका कर्मचारीमा यसअघि नै पुष्टि भइरहँदा पत्रकारमा भने पहिलो पटक भेटिएको केस हो । 

    उनीसँग परिवारका व्यक्ति एकपटक सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ ।