बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बागलुङको पश्चिम ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । मंगलबार विहान ढोरपाटन नगरपालिका–२ अर्नाकमा घर माथिबाट आएको पहिरोले पुरिँदा स्थानीय प्रकाश परियारकी १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको हो ।
घरमै सुतेकी पूजा पहिरोले च्यापिएपछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिनुभयाे । परियारको शव पुरिएको ठाउँबाट स्थानीयले निकालेका छन् । घरदेखि करिब दश मिटरमाथि बाट खसेको माटोको डिस्कोले घरको पछाडीको भाग भत्किएको छ ।
मृतक परियारको आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेका छन् ।