नेपाली सेनाका १७ सहित २३ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपाली सेनाका १७ सहित २३ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, बुधबार

    लमजुङ: गण्डकी प्रदेशमा नेपाली सेनाका १७ सहित २३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार लमजुङमा नेपाली सेनाका १७ सहित नवलपुर र कास्कीमा गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    लमजुङको वेशीशहर नगरपालिकास्थित नेपाली सेनामा कार्यरत ३७, ३७,२७,२७,३१,३४,३९,३६,३८,३७,३७,३८,३८,३८,३८,३३,४० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै वेशीशहर नगरपालिका वडा नं १ का ५१, वडा नं २ का ३२ र २५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै नवलपुरको गैडाकोट नगरपालिका वडा नं १ की ४० वर्षीया महिला, कास्कीको मादी गाउँपालिका वडा नं ७ का ३९ वर्षीय पुरुष र पोखरा महानगरपालिका वडा नं ११ का ४६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ |