लमजुङका थप तीन सेनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङका थप तीन सेनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, बुधबार

    लमजुङ : लमजुङका थप तीन सेनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये बुधबार सार्वजनिक गरेको दोस्रो विवरण अनुसार वेशीशहर नगरपालिकाका ३९,३९,३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यसअघि बुधबार नै सार्वजनिक पहिलो विवरण अनुसार १७ नेपाली सेनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपाली सेनाका २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ४७, वडा नं १६ का ३३,२८ वर्षीय पुरुष र वडा नं १४ का ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । नवलपुरकै गैडाकोट नगरपालिका वडा नं १३ का ३०,३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

    बुधबार मात्रै गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ पुगेको छ |